Tuesday, October 21, 2025

तारकेश्वर शैक्षिक मञ्चको अन्तर – विद्यालय तीज नृत्य प्रतियोगिताको प्रथम पुरस्कार स्प्रिङ भ्याली एकेडेमीलाई

सनत आचार्य
0 कमेन्टहरु

तारकेश्वर शैक्षिक मञ्चको आयोजना र माउन्ट लार्के सेकेन्डरी स्कूलको संयोजकत्वमा  तीज नृत्य प्रतियोगिता-२०८२ सम्पन्न भएको छ ।

तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष तथा उक्त तीज नृत्य प्रतियोगिताका सभाध्यक्ष झनकराज शर्मा रहेको कार्यक्रममा  सात विद्यालयहरू पुरस्कृत भएका थिए।

श्रावण ३० गते सम्पन्न उक्त प्रतियोगिताको मूल्याङकनपछि प्रथमदेखि  सातौ स्थानको
नतिजामा क्रमशः
प्रथम – स्प्रिङ  भ्याली एकेडेमी
द्वितीय – जेनियल मोर्डन एकेडेमी
तृतीय – नर्थ भ्याली इङ्लिस स्कुल
चौथो – जीवन ज्योति इङ्लिस स्कुल
पाँचौ – माउन्ट लार्के सेकेन्डरी स्कुल
छैटौ-  नर्थ पोल एकेडेमी
सातौ- गोलढुङ्गा अर्किड एकेडेमी पर्न सफल भएका थिए।  पुरस्कृत विद्यार्थीहरूलाई ट्रफी ,मेडल तथा सर्टिफिकेट तारकेश्वर शैक्षिक मञ्च  पदाधिकारी तथा अतिथिद्वारा  प्रदान गरिएको थियो ।  कार्यक्रमको सहजीकरण तारकेश्वर शैक्षिक मञ्चका सचिव उत्तमराज पण्डितले गर्नुभएको थियो।

कार्यक्रममा तारकेश्वर शैक्षिक मञ्चका प्रथम सल्लाहकार  तथा तारकेश्वर प्याब्सनका उपाध्यक्ष नवराज न्यौपाने लगायत   तारकेश्वर  शैक्षिक मञ्चका पदाधिकारीहरू ,, नृत्य प्रशिक्षक ,  विद्यालयका प्रधानाध्यापकहरु , अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00

संयमदैनिक हाम्रो समाचार पोर्टल नेपालको समाचारको प्रमुख स्रोत हो, जहाँ तपाइँलाई सबैभन्दा ताजा र विश्वसनीय समाचार प्राप्त हुनेछ। हामी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका घटनाक्रम, राजनीति, अर्थतन्त्र, संस्कृति र खेलका बारेमा विस्तृत जानकारी प्रदान गर्दछौं। संयमदैनिक परिवार—-

दर्ता प्रमाणपत्र नं. ४८७१ – २०८१ / २०८२

सम्पादकहरूको छनोट

नवीनतम लेखहरू

प्रकाशक तथा प्रधान सम्पादक : सनत कुमार आचार्य, सम्पादक : माया कुमारी पोख्रेल

संयमदैनिक सर्बाधिकार सुरक्षित