काठमाडौं ।
तारकेश्वर नगरपालिकाले मंसिर १८ गते ओपनिङ गरेको तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिताले गर्दा यो सप्ताह खेलमय तारकेश्वर भएको छ।
टेबलटेनिस, व्याडमिन्टन, बास्केटबल , उसु, तेक्वान्दो , कराँते , एथलेटिक्स , कवड्डी, भलिवल र फुटवलमा ५३ विद्यालय का ३ हजार ४ सय २४ खेलाडी सहभागी हुने छन् । शिक्षालाई खेलसँगै जोडिनुपर्छ भने अनुरूप संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु खेल प्रतियोगितामा सहभागी हुँदा उत्साहित भएका छन् ।
पहिलो दिनको खेलको प्रतियोगिताको महोत्सवमा छात्र तर्फ फुटबलमा सिर्जना ज्ञानसागरले नर्थ भ्याली स्कूललाई २-० पराजित गर्न सफ भयो । अर्कोतिर कालिदेवी विद्यालयले किन्डर गार्डेनलाई ७-० को भारी गोल अन्तरमा हराएको थियो ।
बुधवार भएको तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा नर्थभ्याली इङ्लिस स्कूल र लालीगुराँस नेशनल एकेडेमी जुनियर छात्र वास्केट बलमा विजेता स्कूल बनेका छन् ।
