तारकेश्वर ४ मा अवस्थित गोलढुङ्गा आर्किट एकेडेमीले आफ्नै स्कूल परिसरमा छात्रा तथा छात्रको भ्वाइस आइडल प्रतियोगिता सम्पन्न गरेको छ।
सिनियर / जुनियर दुई तहमा विभाजित यो प्रतियोगितामा ४३ जना विद्यार्थीले सहभागिता जनाएको र उक्त कार्यक्रममा जुनियरतर्फ कक्षा ३ कि विद्यार्थी स्नेहा सापकोटा ,पहिलो स्थानमा पर्न सफल भइन्। त्यसैगरी दोस्रो पुरस्कारको लागि श्रिया लामाले सफलता प्राप्त गरिन्। अनि तृतीय पुरस्कारको लागि मार्टिना शर्मा र चौथो पुरस्कार एन्जल गुरुङले प्राप्त गरिन्।

कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा सिनियर तर्फ कक्षा आठमा अध्ययनरत प्रविणा डंगोलले पहिलो पुरस्कार प्राप्त गरिन् भने दोस्रो पुरस्कार कक्षा ९ मा पढ्ने निशान शाहीले पाउँदा, तेस्रो पुरस्कार प्रदिप राईले सुरक्षित राखे र अरुण चन्दराले चौथो पुरस्कार हात पारेका छन्।
गायिका मनमावी राई र स्कुलकै गीत – संगीत शिक्षक कृष्ण बिराज भट्ट निर्णायक मण्डलमा रहेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई उक्त स्कुलका प्राचार्य तथा तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष झनकराज शर्मा, कोर्डिनेटर शरण महत तथा प्रमुख अतिथि सुशील फुयालले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेर हौसला प्रदान गर्नुभएको थियो ।
