Thursday, April 16, 2026

कौशल अंग्रेजी माध्यमिक विद्यालयको प्रथम नृत्य आइडल – २०८२  कार्यक्रमले नृत्यमय कौशल मा .वि.

संयम दैनिक
0 कमेन्टहरु

२०५८ सालदेखि शिक्षा क्षेत्रमा योगदान पुर्‍याइरहेको तारकेश्वर नगरको कौशल अंग्रेजी माध्यमिक संस्थागत विद्यालयले एक समारोहका बीच प्रथम कौशल नृत्य आइडल कार्यक्रम – २०८२  आफ्नै विद्यालयमा सम्पन्न गरेको छ ।

जेष्ठ १५ गते सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा उक्त प्रथम कौशल नृत्य आइडल – २०८२ कार्यक्रमका सभाध्यक्ष कृष्ण प्रसाद अधिकारी  रहनुभएको थियो ।  उक्त कार्यक्रम पद्मकन्या क्याम्पसकी नृत्य विभाग प्रमुख सुलोचना गोपाली डंगोलको प्रमुख  आतिथ्यमा कार्यक्रम  सम्पन्न भएको थियो।

उपस्थित अतिथिलाई स्वागत मन्तव्य दिँदै , स्कुलका  भाइस प्रिन्सिपल भरतप्रसाद भण्डारीले  शरीरको चाल र ब्रेनको फङ्सनसँग नृत्य  सम्बन्धित रहेको  धारणा व्यक्त गर्नुभएको थियो। त्यसैगरी पद्म कन्या  क्याम्पसकी  नृत्य विभाग प्रमुख  तथा कार्यक्रमकी प्रमुख अतिथि सुलोचना गोपाली डंगोलले आफ्नो मन्तव्य राख्दै, उहाँले  नृत्य विषय सबैको मन छुन सक्ने विषय भएको  धारणा व्यक्त गर्नुभएको थियो ।  त्यसैगरी उहाँले आफ्नो मन्तव्यमा सहभागी विद्यार्थीहरूलाई हौसला प्रदान गर्नुभएको थियो।

स्कुलका प्रिन्सिपल शिवप्रसाद अर्यालले आपनो विचार व्यक्त गर्दै उहाँले  कौशल विद्यालयले जहिले पनि विद्यार्थीको प्रतिभा र क्षमताको पहिचान गरी अगाडि बढाउँदै उनीहरुलाई राष्ट्रको सफल नागरिक बनाउने उद्देश्यकासाथ अतिरिक्त क्रियाकलापहरू गरिरहेको प्रष्टपार्नुभएको थियो।

बालबालिकाले देखाएको नृत्यलाई मूल्याङ्कनका सीमा र सन्दर्भका आधारमा निर्णायक मण्डल दक्षिणा लामा र रिया लामाले जुनियरतर्फ युकेजीदेखि  -दुई कक्षासम्मका सानासाना विद्यार्थीमा समृद्धि इटानी चौथो पुरस्कार , सुरक्षा थापा तेस्रो  पुरस्कार , सरगम जोशी दोस्रो र लक्षविन तामाङ प्रथम स्थानमा पुरस्कृत हुन सफल हुनुभयो । 

दोस्रो क्याटगोरीमा कक्षा ३ देखि ६ सम्मका बालबालिका पवित्रा तामाङ चौथो, मिङ्‌मा  तामाङ तेश्रो , प्रमिश खनिया दोश्रो , प्रियन्शु न्यौपाने प्रथम स्थानमा  पुरस्कृत हुनु भएको थियो।

त्यसैगरी अर्को क्याटगोरी सिनियरतर्फ कक्षा ७ देखि १० सम्म साधना जोशी चौथो पुरस्कार , आकृति सुवेदी तेश्रो पुरस्कार, निर्जला  कुइंकेल दोश्रो तथा सुजाता भण्डारी पहिलो स्थानको पुरस्कार लिन सफल हुनुभयो।

प्रतिभा कट्टेलले कलात्मकरूपले सहजीकरण गर्नुभएको उक्त प्रतियोगीतामा  २०० जना विद्यार्थीहरूबाट छनोट भई ३० विद्यार्थीले प्रथम कौशल नृत्य आइडलका लागि स्पर्धा गर्नुभएको थियो । विद्यार्थीहरूले विभिन्न मौलिक भेषभुषामा – लोक नृत्य , देश प्रेमका शास्त्रीय संगीतमा तथा  चलचित्रको गीतहरुमा  आधुनिक तथा  मौलिक अर्थ बोकेका  नृत्य कला -कौशल देखाउँदा उपस्थित अभिभावक , अतिथि गणहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। पुरस्कृत विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा अतिथि गणहरुले हौसला प्रदान गर्दै ट्रफी वितरण गर्नुभएको थियो ।

अशोक घिमिरे संयोजक रहनुभएको  उक्त कार्यक्रममा पलश टु कोर्डिनेटर अस्मिन कुमार बस्नेतलगायत सबै तहका कोडिनेटरहरू कर्मचारी शिक्षक , नृत्य शिक्षकहरूद्वारा  कार्यक्रम सम्पन्न गर्न प्रयत्न गरेको देखिन्थ्यो ।  कार्यक्रमको समापन गर्दै सभाध्यक्ष कृष्णप्रसाद अधिकारीले यस्ता खाले कार्यक्रमले बालबालिकाको सर्वाङ्गीन विकास हुने र उनीहरूको क्षमताको पहिचान हुने भएको कारणले यस्ता कार्यक्रमहरु विद्यालयले गर्दै जानेछ भन्दै उहाँले सम्पूर्ण उपस्थित अभिभावक, प्रमुख अतिथि , अतिथि तथा विद्यार्थी भाइबहिनीहरू लगायत सम्पूर्ण  स्कुल परिवारलाई  धन्यवाद ज्ञापन गर्नुभएको थियो।  

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00