Thursday, April 16, 2026

प्याब्सन टोखा नगरपालिकाले आयोजना गरेको प्रथम हस्त लेखन प्रतियोगिता सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु


-प्याब्सन टोखाको आयोजनामा प्रथम पटक नगरस्तरीय नेपाली र अंग्रेजी हस्त लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

श्रावण १७ गते शनिबार एकटिभ एकेडेमी स्कुल बसुन्धरामा  सम्पन्न भएको उक्त प्रतियोगिता मा  ८९ जना विद्यार्थीको  सहभागिता रहेको, उक्त प्रतियोगितामा टप टेनलाई दुवै विधामा मेडल, प्रमाणपत्रले सम्मान गरिएको थियो । उपस्थित अतिथिहरू टोखा प्याब्सन अध्यक्ष अरूण कुमार के.सी. पूर्व केन्द्रीय सदस्य हरिदास श्रेष्ठ र केन्द्रीय उपाध्यक्ष थकिन कुमार गुरूङद्वारा  पुरस्कार वितरण गरिएको थियो ।

हस्तलेखनमा प्याब्सन  केन्द्रीयय उपाध्यक्ष तथा ग्रीनल्याण्ड सेकेण्डरी  स्कुलका प्राचार्य  थकिन कुमार गुरुङले  यो प्रतियोगितापछि आफ्नो शब्दमा केही सन्देश तथा  धारणाहरु यसरी राख्नुहुन्छ –
नेपाली हस्तलेखन बैज्ञानिक ढंगले कसरी लेख्ने भन्ने कुरामा कतै पनि पढाइ हुदैन र नेपाली भाषामा अझै हस्त लेखन फन्टहरू राम्रो बनेका छैनन् । यस प्रकारका प्रतियोगिताबाट केही हदसम्म नेपाली हस्तलेखनमा सुधार भएको पाएको छु र यहाँहरूले हेर्न पनि सक्नु हुनेछ । अंग्रेजी हस्तलेखनलाई  चित्ता बुझ्दो लागेको छैन । प्रशिक्षक राखेर आभ्यास गरेका विद्यालयले केही राम्रो गरेको देखिन्छ । धेरै भन्दा धेरै सहभागिहरूले मार्जिन मिलाउन नजानेको, अक्षरको आकार ठूलो सानो भएको, शब्द बिचको अन्तर बराबर नभएको, अक्षरको अन्तर पनि राम्रो नभएको जस्ता थुप्रै सचेतना विद्यार्थीहरूमा ज्ञान नभएको जस्तो भान मलाई लागेको छ ।

हस्तलेखन स्पर्धाको मूल्याङ्कनका आधारहरू यस्ता थिए –

banner

WRITING  EVALUATION:
1. CLARITY:  20
2. SPEED:  20
3. SLANT: 10
4. LINE ALINGMENT:  10
5. WORD GAP:  10
6. LETTER GAP: 10
7. NEATNESS: 5
8. MARGIN: 5
9. PUNCTUALTION: 5
10. LETTER SIZE: 5
अन्त्यमा, धेरै ससाना नानीबाबुहरूले गरेको प्रयास राम्रो छ । सबैजना सहभागी र विजय विद्यार्थीहरूलाई यहाँ उपलब्ध मोडेल हेरेर अझै प्रयास गर्नु हुन पनि अनुरोध गर्दछु । टोखा प्याब्सनलाई सफल आयोजनाका लागि साधुबाद ।
थकिन कुमार गुरूङ
प्याब्सन केन्द्रीय उपाध्यक्ष
9851063537 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00