Friday, April 17, 2026

JCL U–12 2082 को क्रिकेट प्रतियोगिताको तेश्रो दिनमा  DAV एकेडेमी र GHCA को प्रभावशाली जित

संयम दैनिक
0 कमेन्टहरु

एन्जल्स् स्पोर्टस् एकेडेमीद्वारा आयोजना तथा एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनको प्रस्तुतीमा  JCL U–12 क्रिकेट प्रतियोगिता (२०८२) अन्तर्गत तेस्रो दिन सम्पन्न दुई खेलमा DAV एकेडेमी र GHCA विजयी भएका छन्। पहिलो खेलमा HCA (A) लाई १० विकेटले पराजित गर्दै DAV एकेडेमीले सहजै अग्रता लिएपछि विजयी बन्यो।  शम्भाव्य ढकाल उत्कृष्ट बलिङका प्रभावले प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा GHCA ले CEC भक्तपुरलाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। कप्तान सिशिर ओलीले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै टिमको जितमा विशेष भूमिका खेलेपछि  प्लेयर अफ द म्याच बन्न पनि सफल भए ।

उपत्यकाका १६ वटा टिमले प्रतिस्पर्धा गरिरहेको यो खेल  एन्जल्स स्पोर्ट्स एकेडेमीको मैदान तारकेश्वर-९ मा  मंसिर २५देखि पुस ५ गतेसम्म चल्ने आयोजकद्वारा  जनाइएको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00