Thursday, April 16, 2026

अण्डर १५ क्रिकेट लिगका लागि काठमाडौबाट १०४ खेलाडी  समूह चरण अन्तर्गत परे

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर काठमाडौँ ।

काठमाडौं जिल्ला प्याब्सनको आयोजनामा, तारकेश्वर नगरपालिका वडा नं ९ इन्द्रायणी पुलमा अवस्थित एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमिमा माघ १८ गते भएको पहिलो चरणको खेलाडी यु -१५  छात्र क्रिकेट छनौट कार्यक्रममा काठमाण्डौं जिल्लाका १०४ जना खेलाडी छनौटमा परेका छन् ।

आइतबार क्रिकेट क्षेत्रका ख्याती कमाएका  प्रशिक्षकहरूले एकेडेमीमा काठमाण्डौं जिल्लाका विभिन्न विद्यालय तथा एकेडेमिका करिब ३ सय बिद्यार्थीहरु मध्यबाट उनीहरुलाई पहिलो चरणको लागि छनौट गरेका खेल संयोजक तथा प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभयो।

पहिलो चरणमा छनौटमा परेका खेलाडीहरु बिच फेरि प्रतिष्पर्धा गराएर २४ जना खेलाडी दोश्रो चरणमा प्रवेश गर्ने प्रकृया रहेको जनाइएको छ  । दोश्रो चरणमा प्रवेश गरेका खेलाडीहरुलाई २ वटा म्याच खेल्नुपर्ने  र अन्तिम चरणका लागि उत्कृष्ट १४ जना खेलाडी छनौटमा पर्ने छन्।

फाइनल  चरणमा छनौटमा परेका १४ जना खेलाडीहरुद्वारा माघ २८ गतेदेखि फागुन ६ गतेसम्म मुलपानी क्रिकेट रंगशालामा स्पर्धा गरिने   यु- १५ छात्र  क्रिकेट लिगमा प्याव्सनका सातै प्रदेशबाट छनौट भएका खेलाडीहरुसँग प्रतियोगिता गर्नेछन् ।

उक्त प्रतियोगितामा देशभरबाट समग्र  ८ टिम मात्र  सहभागी हुनेछन्। जहाँ सातवटा प्रदेश र एउटा काठमाडौँ जिल्ला प्याब्सनको विशेष टिम रहने आयोजकद्वारा जनाइएको छ।

banner

यो स्पर्धामा  बिजेता टिमले नगद रु १ लाख ५० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितीय स्थान प्राप्त गरेको टिमले ७५ हजार नगद,ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भनिएको छ ।

पिसिएल खेलाडी छनौटबारे बोल्दै काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टले समूह चरणमा विद्यार्थीहरुको सहभागीताले देश क्रिकेटमय भएको र   खेलप्रति विद्यार्थीहरुको रुचि देखिएको स्पष्ट भएको र क्रिकेट खेलाडीहरुको नेपालमा भबिष्य सुन्दर  रहेको बताउनुभयो । उहाँले पहिलो चरणमा छनौट हुन नसकेका सम्पूर्ण खेलाडीहरुलाई प्रतियोगितमा सातै दिन निशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाउने बताँउदै खेलकुद कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्नुभयो ।

यो प्रतिस्पर्धा माघ २८ गतेबाट फागुन ९ गतेसम्म काठमाडौँको मुलपानीस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा संचालन हुने प्रष्ट पारिएको छ। ग्रास रुटबाटै देशभरबाट प्रतिभावान खेलाडीहरू छनौट गरी राष्ट्रको लागि क्रिकेट खेलाडीहरू तयार गर्ने मूल उद्देश्यका साथ प्याब्सनले  यो खेल प्रतियोगिता गरेको खेलकुद डाइरेक्टर खेम थापाले सञ्चारकर्मीको माझ प्रष्ट पार्नुभएको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00