Thursday, April 16, 2026

काठमाडौँ  जिल्ला प्याब्सनको विद्यार्थी सम्मान कार्यक्रममा शिक्षा विधेयकको विरोध

संयम दैनिक
0 कमेन्टहरु

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनको  जिल्ला कार्य समिति २०८१ को सम्मान कार्यक्रम पुलिस क्लब प्रदर्शनी मार्गमा एक समारोहका बीच भव्य रुपमा सम्पन्न भएको छ।

२०८१ सालको एस . ई . ई .मा सय प्रतिशत नतिजा प्राप्त गर्न सफल १८४ विद्यालय तथा ४जीपिए प्राप्त गर्ने २२३ विद्यार्थीहरुलाई विशिष्ट अतिथिहरूबाट सम्मान गरिएको हो। कार्यक्रममा विद्यावारिधि गर्नुभएका प्याबसनका पूर्व केन्द्रीय अध्यक्ष टिकारामपुरीलाई प्याब्सन रत्नद्वारा सम्मानित गरिएको थियो।त्यसैगरी बागमती प्रदेश सदस्य अनिल पराजुलीलाई कार्यक्रममा सम्मान गरिएको थियो

उक्त कार्यक्रममा प्रमुख अतिथि शिक्षामन्त्री रघुजी पन्तले  शिक्षा विधेयकमा आफ्नो धारणा राख्दै , उहाँले सरकारले सबैलाई मिलाएर लानुपर्छ ,आफ्नो माग पूरा गराउन तपाईंले बेला घर्काउनु भयो भन्नुभएको थियो। शिक्षा मन्त्री पन्तले आफ्नो विचार राख्दै, अझै पनि बेला  छ, माननीयहरूलाई कन्भिन्स गर्न सक्नुपर्छ माग पूरा हुनसक्छ भन्नुभयो । त्यसैगरी प्याब्सन केन्द्रका अध्यक्ष कृष्णप्रसाद अधिकारीले विशिष्ट   अतिथि तर्फबाट बोल्दै, उहाँले अहिलेको शिक्षा विधेयक कार्यान्वयन हुन नसक्ने धारणा   राख्नु भएको थियो । उहाँले आफ्नो विचार राख्दै , यदि यही विधेयक कार्यान्वयन गर्न खोजे यो विधेयक जलाउनुपर्ने  धारणा व्यक्त गर्नुभएको थियो।

श्रावण २८ गते सम्पन्न कार्यक्रममा काठमाडौँ जिल्ला अध्यक्ष तथा उक्त कार्यक्रमका सभाध्यक्ष नवराज भट्टले   आफ्नो विचार राख्दै,  उहाँले निजी विद्यालयका माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिनुभयो।  उहाँले काठमाडौँ जिल्ला  प्याब्सनलाई आन्दोलनको लागि तयार रहन पनि आह्वान गर्नुभएको थियो।

कार्यक्रममा पूर्व प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरी,   राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्मा ,परीक्षा नियन्त्रक टुकराज अधिकारी, प्याब्सन बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश सञ्जेल ,  प्याब्सन केन्द्रीय कार्यसमिति सह -अध्यक्ष गोपाल प्रसाद आचार्य,शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँका समन्तमणि आचार्य, प्राज्ञिक  सल्लाहकार सुरेन्द्र सिटौला लगायतको  उपस्थिति  तथा शुभकामनाले विद्यार्थीहरूलाईअगाडि बढ्न हौसला प्रदान गरको थियो।

काठमाडौँ जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य लोकेन्द्र बहादुर खड्का लगायत विभिन्न स्कुलका डाइरेक्टर, प्रिन्सिपलहरू, प्याब्सनका  नगर, जिल्ला र केन्द्रका पदाधिकारीहरू , अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिले सम्मानित विद्यार्थी भाइबहिनीहरूलाई हौसला थपिएको   थियो।

काठमाडौँ जिल्ला प्याबसनका सहसचिवहरू शिवप्रसाद अर्याल , सौर्य आचार्य तथा नारायण रोकाले  सहजीकरण गरेको कार्यक्रममा , बीचबीचमा प्रतिभाशाली विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्नुभएको थियो। भने पुरस्कृत २२३ जना चार जीपीए ल्याउने विद्यार्थीको तर्फबाट छात्रा पबिना घिमिरेले  आफ्नो विचार व्यक्त गर्नुभएको थियो । दिनभरि चलेको यो सम्मान कार्यक्रममा औसतमा उच्चतम परिणाम ल्याउन  सफल विषयगत शिक्षकहरुको मूल्याङ्कनका आधारमा सम्मानित गरिएको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00