तारकेश्वर शैक्षिक मञ्चको आयोजनामा शैक्षिक मञ्चका १९ विद्यालयका बीचमा प्राञ्जली वर्ल्ड स्कूलको संयोजनमा उक्त स्कूलकै परिसरेभित्र क्विज प्रतियोगिता सम्पन्न गरिएको छ ।

दुईवटा चरणमा सम्पन्न भएको उक्त कार्यक्रमको सभाध्यक्ष झनकराज शर्माले उपस्थित सहभागीहरूलाई शुभकामना तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । साना साना विद्यार्थीमा यस्ता कार्यक्रमको औचित्य र गरिमा माथि प्रकाश पार्दै तारकेश्वर शैक्षिक मञ्चका सल्लाहकार नवराज न्यौपानेले विद्यार्थीको प्रतिभालाई यस्ता कार्यक्रमले थप अगाडि बढ्न हौसला दिने सन्दर्भ प्रकाश पार्नुभएको थियो ।

कार्तिक २६ गते सम्पन्न उक्त कार्यक्रम, तारकेश्वर शैक्षिक मञ्चका सहसचिव विराज राईले सञ्चालन गर्नुभएको थियो । दुई चरण चरणमा गरिएको उक्त प्रतियोगिताबाट प्रथम स्थानमा सिद्धार्थ मोडेल स्कूल, द्वितीय स्थानमा रमाइलो पाठशाला, तृतीय स्थानमा आगमन ऐकेडेमी पर्न सफल भए भने चौथो पुरस्कार गिनिज पब्लिक स्कूलले हात पार्यो ।
कार्यक्रम सम्पन्न गर्नलाई प्राञ्जली वर्ल्ड स्कूल परिवारका क्विज मास्टर सन्दीप रिमाल र मनिसा राई रहनुभयो भने कम्प्युटर अपरेटरमा शैलेन्द्र रिमाल लगायतले उत्कृष्ट कार्यक्रम सम्पन्न गर्न सहजीकरण गर्नुभएको थियो ।
प्राइमरी लेवलको यो प्रतियोगितामा पुरस्कृत विद्यालयले ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गरेका थिए ।

