Friday, April 17, 2026

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको २९ औँ स्थापना दिवस सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु


२९ वर्षअगाडि स्थापना भएको मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले आज प्रज्ञा  भवन कमलादीमा  एक समारोहका बीच २९औँ स्थापना दिवस भव्यरुपमा  सम्पन्न गरेको छ।

चैत्र २९ गते सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा डा वासुदेव त्रिपाठी रहनु भएको थियो भने कार्यक्रममा सभाध्यक्ष विजयराज न्यौपाने रहनुभएको थियो।विशिष्ट अतिथिमा  प्राडा जयराज आचार्य  रहेको उक्त कार्यक्रम नेपाल प्रज्ञा भवनमा विशिष्ट विद्वान तथा साहित्यकारहरूको माझमा सम्पन्न भएको हो ।

कैयौँ साहित्यकार जन्माइसकेको यो ऐतिहासिक प्रतिष्ठानले नवप्रवेशी आजीवन सदस्यलाई प्रमाणपत्र वितरणका साथै मुक्तिनाथ शर्मा न्यौपाने,यमबहादुर दुरा लगायतका ७जना व्यक्तित्वलाई  प्रमुख अतिथिको हातबाट सम्मान (प्रमाणपत्र) प्रदान गरेको छ ।  त्यसैगरी प्रमुख अतिथि लगायत विशिष्ट अतिथिज्यूहरूबाट प्रतिष्ठानको उत्तरोत्तर प्रगति तथा शुभकामना व्यक्त गर्दै नयाँ वर्ष २०८२ को पनि सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नुभएको थियो।कार्यक्रममा कविता वाचन कार्यक्रम पनि आकर्षक रुपमा सम्पन्न  गरिएको  थियो।

कलात्मक तथा आकर्षक रूपमा श्रीकृष्ण न्यौपानेले उद्घोषण गरेको कार्यक्रम निकै रोचक भएको थियो । सभाध्यक्ष विजयराज न्यौपानेले उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, उहाँले  आउँदो २०८२ सालको  हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00