तारकेश्वर नगरपालिकाको जरंखुस्थित रमाइलो पाठशालाले ६१ जना साना विद्यार्थीलाई दीक्षान्त समारोह आयोजना गरी दीक्षित बनाएको छ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष अनिल भण्डारीले सभाध्यक्षता ग्रहण गरेको उक्त समारोहमा स्कुल सञ्चालक समिति सदस्य विजय सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो।

स्कुल सञ्चालक समितिका सदस्य तथा स्कुलका प्रिन्सिपल वेदराज घिमिरे ,स्कुल सञ्चालक समितिका अध्यक्ष तथा सहायक प्रधान अध्यापक मधु सापकोटा,स्कुल सञ्चालक समितिका सदस्य तथा स्कुलका सुपरभाइजर विजय लामा, स्कुल सञ्चालक समितिका सदस्य विनोद गजुरेलको उपस्थितिमा समारोह सम्पन्न भएको हो ।

नृत्य, गीत – संगीतका कार्यक्रमसहित विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै फ्रेमसहितको सर्टिफिकेट प्रमुख अतिथिद्वारा प्रदान गरेर ६१ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो।

चैत्र ७ गते सम्पन्न ,उक्त दीक्षान्त समारोहको सहजीकरण रमाइलो पाठशालाका सामाजिक शिक्षक पावल भुजेलले गर्नुभएको थियो। विद्यार्थी र स्कुल परिवार तथा पदाधिकारीका माझमा सम्पन्न उक्त समारोह विद्यार्थीलाई शिक्षाको महत्व बुझाउँदै, प्रेरणा / उत्साह प्रदान गर्दै सम्पन्न गरिएको थियो।

