काठमाडौँ ।
रास्वपाको सरकार गठनको सङ्घारमा अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल आइतबार नेपाल आइपुगेका छन्। यो अमेरिकी सेनाको अफिसरको आगमनलाई राजनीतिक वृत्तमा ठुलो चासोको रूपमा हेरिएको छ ।
उनी चैत ३ गतेसम्म नेपालमा रहने जनाइएको छ।अमेरिकी सेनाको प्यासिफिक कमाण्ड (युएसएआरपिएसी)का डेपुटी कमान्डिङ जनरल जोएल भोवेल आइतबार काठमाडौं आइपुगेको सेनाले जानकारी दिदैँ, नेपालमा उनको औपचारिक भेटघाटका साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको
भ्रमण /अवलोकन समेत गर्ने कार्यक्रम रहेको बताइएको छ।
उक्त भ्रमणबाट दुई राष्ट्रको सम्बन्ध थप प्रगाढ भई ,मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्य जस्ता विविध क्षेत्रमा आपसी टेवा तथा सहयोग पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ।
