ओप्सको टेवलटेनिस स्पर्धामा विजेताको उपलब्धि सृजना ज्ञानसागर स्कुललाई , उपविजेता बन्यो हिमरश्मि हाई स्कुल , तेस्रो स्थानको पुरस्कार सेक्रेड हार्ट स्कुललाई

संयम दैनिक
0 कमेन्टहरु

अर्गनाइजेसन अफ प्राइभेट स्कुल्स (OPS) को आयोजनामा अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता जेठ ३० गते हिम रश्मि हाई स्कुलको समन्वयमा हिमरश्मिकै प्राङगणमा सम्पन्न गरिएको छ ।

OPS ले सदस्य विद्यालयका विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत टेबलटेनिस प्रतियोगिता सम्पन्न गरिएको हो।

सिनियरतर्फ कक्षा ६ देखि १० सम्मका विद्यार्थी र जुनियरतर्फ कक्षा ५ तथा सोभन्दा तलका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।

जेस्ठ ३० गतेको दिनभरिको प्रतियोगिताबाट ओप्सका १७ विद्यालयहरूले भाग लिएका मध्ये सिर्जना ज्ञानसागर स्कुल विजेता बनेको छ , उपविजेतामा हिमरश्मी हाइस्कुलले आफ्नो नाम दर्ता गरेको छ। त्यसैगरी तेस्रो पुरस्कार सेक्रेड हार्ट सेकेण्डरी स्कुलले हात पारेको छ ।

banner

ओप्स पदाधिकारीहरूबाट विजयी विद्यालय तथा खेलाडीहरूले ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार स्वरूप प्राप्त गरेका छन्। ओप्सले यस्ता खेलकुद प्रतियोगिताबाट विद्यार्थीहरूले जितहार ,अनुशासन सिकेर विद्यार्थीहरूअगाडि बढ्ने विश्वास लिएको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00