सोमबार बेलुकाको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि सिङ्गो देश कुलमानमय भएको छ । उनले आफूमाथि अन्याय भएको विचार व्यक्त गर्दै उनले पुरस्कृत भएर बहिर्गमन हुनुपर्नेमा अपमानजनक बहिर्गमन गरेकोमा व्यङ्ग्यात्मकरुपमा नेपाल सरकारलाई नेपाली विविसी सेवामा धन्यवाद दिएका छन्। अर्कोतिर नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भनेआफूमाथि न्याय भएको दाबी गर्दै उपभोक्ताको घरमा विजुली ननिभ्ने र उद्योगहरूमा लोडसेडिङ घटाउने प्रयत्न रहने र जनताले थाहा पाउने गरी छिट्टै नेपाल विद्युत प्राधिकरणले सकारात्मक परिणाम दिने धारणा संचार माध्यमसँग बोलेका छन् । .
कुलमानको बर्खास्तीको विषयलाई लिएर प्रतिपक्ष दलद्वारा सदन अवरोध तथा सडकमा जनताको विरोध ठाउँठाउँमा भएको छ । विरोध जुलुसमा कुलमान घिसिङको पुनर्बहालीको मागको नाराबाजी चर्को रूपमा घन्किएको छ । अर्कोतिर नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङको विषयलाई लिएर तिललाई पहाड नबनाउनलाई आग्रह गरेका छन् ।