तारकेश्वर नगरको शुभकामना इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा लायन्स क्लवको सहकार्यमा आफ्नो सामाजिक तथा मानव सेवा कार्यलाई निरन्तरता दिँदै शुभकामना स्कुलले बृहत् स्वास्थ्य शिविर कार्यक्रम एक समारोहका बीच आफ्नै परिसरमा सम्पन्न गरेको छ।

शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेको शुभकामना इङ्लिस बोर्डिङ स्कुलले लायन्स क्लबको सहकार्यसँगै गणतन्त्र दिवसको उपलक्ष्यमा रक्तदान , आँखा शिविर , डेन्टल चेकअप, तथा सुगर र ब्लड प्रेसर चेकअप गरी ८०० भन्दा बढी समुदायका मानिसहरूलाई स्वास्थ्य सेवा पुर्याएको छ। सामाजिक कार्यमा पनि आफ्नो दायित्व पूरा गर्दै आएको स्कुलका प्रिन्सिपल कुमार ढकालले हाम्रो एक प्रश्नमा जवाफ दिनुभएको थियो। त्यसैगरी उहाँले आफ्नो विचार व्यक्त गर्दै शुभकामना स्कुलले सामाजिक उत्तरदायित्व बहन गर्न पछाडि नपर्ने विचार समेत व्यक्त गर्नुभएको थियो।

आयोजकले दिएको सूचना अनुसार आँखा चेकअप २९५ ,दाँत २५१, रगत ४२ ,ब्लड प्रेसर २००, रक्तदान ५१ , व्यक्तिहरूले लाभ उठाएको प्रष्ट पारिएको छ । विद्यालयद्वारा यस्ता सामाजिक तथा मानव सेवाका कामहरू हरेक वर्षमा आयोजना गरिँदै जाने र विगतदेखि गरिँदै आएको प्रष्ट पारिएको छ ।
गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना स्कुलको स्वास्थ्य शिविरआफ्नै प्राङ्गणमा
194