Friday, April 17, 2026

भ्वाइस  आइडल २०८१ को कार्यक्रम आयोजनाले  शनिबार गीत – संगीतमय भयो गोलढुंगा आर्किड एकेडेमी

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर ४ मा अवस्थित गोलढुङ्गा आर्किट एकेडेमीले आफ्नै स्कूल परिसरमा  छात्रा तथा छात्रको भ्वाइस आइडल प्रतियोगिता सम्पन्न गरेको छ।

सिनियर / जुनियर दुई तहमा विभाजित यो प्रतियोगितामा ४३ जना विद्यार्थीले सहभागिता जनाएको र उक्त कार्यक्रममा जुनियरतर्फ कक्षा ३ कि विद्यार्थी स्नेहा सापकोटा ,पहिलो स्थानमा पर्न सफल भइन्। त्यसैगरी दोस्रो पुरस्कारको लागि श्रिया लामाले सफलता प्राप्त गरिन्। अनि तृतीय पुरस्कारको लागि मार्टिना शर्मा र चौथो पुरस्कार एन्जल गुरुङले प्राप्त गरिन्।

कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा सिनियर तर्फ कक्षा आठमा अध्ययनरत प्रविणा  डंगोलले पहिलो पुरस्कार प्राप्त गरिन् भने दोस्रो पुरस्कार कक्षा ९ मा पढ्ने निशान शाहीले पाउँदा, तेस्रो पुरस्कार प्रदिप राईले सुरक्षित राखे र  अरुण चन्दराले  चौथो पुरस्कार हात पारेका छन्।

गायिका मनमावी राई र स्कुलकै गीत – संगीत शिक्षक कृष्ण बिराज भट्ट निर्णायक मण्डलमा रहेका थिए ।

banner

कार्यक्रममा सहभागी विद्यार्थीलाई उक्त स्कुलका प्राचार्य तथा तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष झनकराज शर्मा, कोर्डिनेटर शरण महत तथा प्रमुख अतिथि सुशील फुयालले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेर हौसला प्रदान गर्नुभएको थियो ।  

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00