Thursday, April 16, 2026

काठमाडौँ जिल्ला प्याब्सनद्वारा ३५ औँ स्थापना दिवस पुष २४ गते मनाउन तीव्र तयारी गरिँदै , समाजमा विशिष्ट योगदान दिनेलाई नगदसहित सम्मान गरिने

संयम दैनिक
0 कमेन्टहरु

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, प्याव्सन जिल्ला कार्यसमिति काठमाण्डौंद्वारा  प्याब्सनको ३५ औं स्थापना दिवस पुष २४ गते  भब्य रुपमा मनाइने तथा उक्त उत्सवमय  समारोहमा  समाजमा विशेष योगदान पुऱ्याएका  विशिष्ट व्यक्तिहरुलाई   नगदसहित सम्मान गर्ने जनाइएको  छ ।

पुष १८ गते काठमाडौँ जिल्ला प्याब्सन कार्यालयको सभा कक्षमा  एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त  जानकारी गराइएको हो ।
काठमाडौँ जिल्ला प्याब्सनका सचिव कृष्ण भण्डारीले सहजीकरण गरेको उक्त कार्यक्रममा काठमाडौँ जिल्ला प्याब्सनका उपाध्यक्ष तथा  कार्यक्रम संयोजक सूर्यबहादुर केसीले प्याबसनले आफ्नो विरासत  कायम राख्नलाई  यस्ता सामाजिक कार्यक्रमको औचित्य रहेको प्रष्ट पार्नुभएको थियो।  त्यसैगरी उपाध्यक्ष केसीले पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल रहने प्रष्ट पार्नुभएको छ। कार्यक्रममा काठमाडौँ जिल्ला  प्याबसनका सह -सचिव शिवप्रसाद अर्यालले प्रेस विज्ञप्ति वाचन गर्दै , उहाँले २०४७ पुषको २४ गते स्थापना भएको प्याब्सनको  , पृष्ठभूमि तथा  सन्दर्भ उल्लेख गर्दै कार्यक्रमलाई व्यापक रुपमा मनाउन सबैको सहयोग र सहकार्यको आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा काठमाडौँ जिल्ला प्याव्सनका अध्यक्ष तथा उक्त पत्रकार सम्मेलनका सभाध्यक्ष नवराज भट्टले प्याब्सनको केन्द्र  गठन हुनुभन्दा पहिला काठमाडौँ जिल्ला प्याबसन गठन भएको धारणा व्यक्त गर्दै ,यो स्थापना दिवसलाई काठमाडौँ जिल्ला प्याब्सनले समाजमा महत्वपूर्ण योगदान दिएका विशिष्ट व्यक्तिहरूलाई हौसला प्रदान गर्दै  नगदसहितले सम्मान गर्ने प्रष्ट पार्नुभएको छ।

  अध्यक्ष भट्टका अनुसार महिला भलिबल खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने श्रोतका  रुपमा चिनिएको न्यु डायमण्ड स्कुल र सो विद्यालयका सञ्चालक कुमार राई, कक्षा १२ सम्म निजि स्कुलमा अध्ययन गरेर एमविविएसमा सर्बोत्कृष्ट अंक ल्याउने अस्तित्व ओझा, इञ्जीनियरीङ बिषयमा सर्बोत्कृष्ट अंक ल्याउने आयुस पराजुली, आर्थिक अवस्था कम्जोर भएर पनि छात्रबृत्तिमा एमबिबिएसमा नाम निकाल्न   सफल सत्यनारायण साफी र पवनदेव माझी सबैलाई जनही रु ५० हजारका दरले सम्मान गरिने जनाइएको छ । त्यस्तै हेर्ने कथाबाट परिचित भएका दाङका चन्द्रबिर ओलीलाई नगद रु ५० हजार सहित सम्मान गरिने आयोजकद्वारा जनाइएको छ । ओलीको आर्थिक अवस्था निकै कम्जोर रहेकाले दाङबाट आउने जाने भाडा समेत प्याब्सन काठमाण्डौंले उपलव्ध गराउने प्रष्ट पारेको छ ।


त्यस्तै यस बर्षको प्याव्सननिष्टको रुपमा काठमाण्डौं जिल्लाका संस्थापक अध्यक्ष बसन्त श्रेष्ठलाई समेत नगद रु ५० हजार सहित सम्मान गर्न लागिएको प्याव्सन काठमाण्डौंका अध्यक्ष नवराज  भट्टले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ। त्यसैगरी आफ्नो विचार राख्दै काठमाडौँ प्याब्सनको स्थापना काठमाडौँ केन्द्रभन्दा पहिले नै भएको विचार व्यक्त गर्नुभएको थियो।विविध सांस्कृतिक झाँकी सहित मनोरञ्जनात्मक कार्यक्रम गरिने प्याब्सनको ३५ औँ स्थापना दिवस शिक्षाप्रेमी जनसमुदायहरूबाट चासोको रुपमा हेरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको कमलादीमा सम्पन्न गरिने कार्यक्रमको बारेमा आफ्नो विचार राख्दै, काठमाडौँ जिल्ला प्याब्सनका उपाध्यक्ष तथा सूचना विभाग प्रमुख आर .बी . अधिकारीले कार्यक्रम सम्पन्न गर्नलाई  सबै तीव्ररूपमा लागिरहेको र कार्यक्रम सफल पार्न सबैको उत्तिकै महत्व भएको स्पष्ट पार्नुभएको थियो।कार्यक्रममा हिसान प्रतिनिधि , प्याब्सन पदाधिकारी, बुढानीलकण्ठ नगर अध्यक्ष रोधश्याम श्रेष्ठ तथा काठमाडौँ जिल्ला प्याब्सनका पदाधिकारीहरू, प्याबसन सम्बद्ध विद्यालयका प्रिन्सिपलहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00