Thursday, April 16, 2026

गण्डकी पब्लिक वोर्डिङ स्कुलमा वार्षिक स्पोटर्स मिट चल्दै

संयम दैनिक
0 कमेन्टहरु

गण्डकी पब्लिक स्कुल म्हेपीले वार्षिक खेलकुद सप्ताह आरम्भ गरेको छ। नेपाली महिला फुटबलकी चर्चित गोलकिपर अन्जना राणाले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

उक्त उद्घाटन कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक द्रोणबहादुर अधिकारी , व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद अर्याल लगायत शिक्षक -विद्यार्थी ,अभिभावक , खेलप्रेमी महानुभावहरूको महत्वपूर्ण उपस्थिति रहेको थियो । स्कुलका प्रिन्सिपल आरसी भट्टले यस्ता खेलहरूबाट विद्यार्थीका लागि शिक्षण सिकाइमा विविध उपलब्धिका साथै जीवनमा अनुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ भन्नुभएको थियो। उक्त वार्षिक खेलकुद सप्ताह २०८२ मा टेबल टेनिस, ब्याडमिन्टन ,फुट्सल, हटपोट्याटो जस्ता थरीथरीका खेलहरू विद्यार्थीको उमेर क्षमता र रुचि अनुसार खेलाइने र विजयी विद्यार्थी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्रहरू हौसला स्वरूप प्रदान गरिने स्कुलका प्रिन्सिपल आरसी भट्टले सञ्चारकर्मीहरूलाई प्रष्ट पार्नुभएको छ।

महानगरको म्हेपीमा अवस्थित गण्डकी पब्लिक स्कुल हरेक वर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउनुका साथै अतिरिक्त क्रियाकलापहरूमा पनि अब्बल परिणाम ल्याउन सफल भएको यो पुरानो स्थापित विद्यालयको रूपमा परिचित विद्यालय हो।
विद्यालयका विद्यार्थीको आन्तरिक प्रतिस्पर्धाले गर्दा यो सप्ताह विद्यालय परिसर खेलकुदमय भएको स्कुलद्वारा प्रष्ट पारिएको छ ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00