एन्जल हार्टस् एकेडेमीको आयोजना तथा एन्जलस् हार्ट एजुकेशन फाउन्डेशनको प्रायोजनमा JCL U – 12 , 20 82 अन्तर्गत सातौँ दिनको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा GHCA ले Angels A लाई २५ रनले पराजित गरेको छ। टस जितेर फिल्डिङ रोजेको GHCA ले ब्याटिङ गर्दै १५ ओभरमा ८ विकेट गुमाएर ८६ रन बनाउँदा, जहाँ आरव यादवले अविजित २१ रन जोडेका थिए ।
८७ रनको लक्ष्य लिएको Angels A ले १५ ओभरमा ६ विकेट गुमाउँदै ६१ रन मात्र बनाउन सक्यो। आरव खड्काले अविजित ३३ रन बनाए पनि टिमलाई विजयी बनाउन सकेनन्। खेलको प्लेयर अफ द म्याच GHCA का आरव यादव घोषित भए।
दोस्रो खेलमा HCA C ले CEC Bhaktapur लाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर बलिङ रोजेको CEC Bhaktapur विरुद्ध HCA C १४.५ ओभरमा ९१ रनमा अलआउट भयो, जहाँ सन्देश ओलीले १७ रन बनाएका थिए ।

९२ रनको लक्ष्य पछ्याएको CEC Bhaktapur ११.१ ओभरमै ३४ रनमा समेटियो। HCA C का जीवन बुढाले ३ ओभरमा १ मेडनसहित ७ रन दिएर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।
सातौँ दिनको तेश्रो खेलमा Nexus Cricket Academy ले HCA A लाई ४ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको HCA A ले १५ ओभरमा ६ विकेट गुमाउँदै ९७ रन बनायो, जहाँ भाबेश खड्काले ३२ रन जोडे। जवाफमा Nexus ले १३ ओभरमै लक्ष्य हासिल गर्यो। रोहित धामी (२५) र अभिनव ज्ञवाली (२३) ले महत्वपूर्ण योगदान दिन सफल भए। सुहार्द पौडेल १३ बलमा २३ रन र एक निर्णायक स्टम्पिङसहित प्लेयर अफ द म्याच बन्न सफल भए।
उक्त खेलमा खेलाडीहरूलाई हौसला प्रदान गर्नको लागि थम बहादुर जुगाली चेयरम्यान कालिका विकास कोपरेटिभ लिमिटेड,सिमरन महर्जन प्रि-प्राइमरी कोर्डिनेटर एन्जल्स् हार्ट नेसनल स्कुल, त्यसैगरी समीर राज भण्डारी फाइनान्सियल डाइरेक्टर एजुकेशन फाउन्डेशन लगायतको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो ।
