Friday, April 17, 2026

२१२ औँ भानु जयन्तीको अवसरमा मर्स्याङ्दी वाङ्मय  प्रतिष्ठानद्वारा डा .न्यौपानेलाई  सम्मान

संयम दैनिक
0 कमेन्टहरु


मर्स्याङ्दी बाङमय प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाद्वारा  मर्स्याङ्दी  वाङ्‌मय प्रतिष्ठानका सचिव श्रीकृष्ण न्यौपानेलाई विद्यावारिधि (पीएचडी ) उपाधि प्राप्तिका लागि  २१२ औँ आदिकवि भानु जयन्तीको अवसर  पारेर महर्षि  कलेज पवित्रनगर गङ्गबुमा भव्य सम्मान गरिएको छ।

  आषाढ २८ गते सम्पन्न उक्त कार्यक्रममा सभाध्यक्ष  विजयराज न्यौपाने रहनुभएको थियो भने प्रमुख अतिथिको रुपमा भानुभक्त आचार्यका पनाती खनाती पुस्ताका प्राध्यापक डाक्टर  व्रतराज आचार्य  रहनुभएको थियो ।

नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको आषाड २९ गते पर्न गएको भानु
जयन्तीको एक दिन अगाडि उहाँको योगदानलाई  सम्झदै  उक्त कार्यक्रममा भाषा साहित्यका प्राज्ञहरूले रचनावाचनका  साथै राष्ट्रिय  विभूतिका रुपमा पनि उहाँको चर्चा गर्नुभएको थियो ।

  मर्स्याङ्दी बाङमय प्रतिष्ठानका सहसचिव यम बहादुर दुराले  सहजीकरण गरेको उक्त कार्यक्रमका सभाध्यक्ष  विजयराज  न्यौपाने तथा  प्रमुख अतिथि प्रा डा . व्रतराज आचार्यद्वारा दोसल्ला ओढाएर  सम्मानित हुनुभएका डा. श्रीकृष्ण न्यौपाने कवि तथा साहित्यकारको रूपमा परिचित हुनुहुन्छ।   

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00