२०८१ फागुन २२ गते जनकपुरबाट काठमाडौँको लागि बुद्ध एयरको जहाज नाइनएनएएचको अगाडिको एउटा पांग्रा (नोज ह्वील) जनकपुरमै छुटे तापनि बिना पाङ्ग्रा नै काठमाडौँमा सकुशल अवतरण भएको छ ।

जनकपुरबाट काठमाडौं आउँदै गरेको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो । उक्त विमान ४ .४५ मा जनकपुरबाट काठमाडौंका लागि उडेको थियो । काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
‘लगत्तै हामीले जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।
जहाजमा ६२ जना यात्रु थिए । सबै सकुशल रहेको प्राधिकरणद्वारा जनाइएको छ ।
