Thursday, April 16, 2026

दोस्रो हिसान बागमती प्रदेश अधिवेशनको अध्यक्षमा राजकुमार आचार्य  विजयी  अर्कोतिर  हिसान तारकेश्वरलाई सम्मानपत्र

संयम दैनिक
0 कमेन्टहरु

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपालको दोस्रो हिसान बागमती प्रदेश अधिवेशन समारोहमा तारकेश्वर नगरपालिका हिसान समितिलाई उत्कृष्ट कार्यसम्पादन गरेबापत सम्मान तथा प्रशंसापत्र मिलेको छ।

खेलकुद विकास मन्त्री तेजुलाल  चौधरीको प्रमुख आतिथ्यमा र निवर्तमान अध्यक्ष भवानी पौडेलको  सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिहरू राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मा , त्यसैगरी विशेष अतिथिकै रुपमा हिसान सेन्ट्रलका अध्यक्ष रमेश सिलवाल र तारकेश्वर हिसानका अध्यक्ष लीलबहादुर पुनको उपस्थिति रहेको थियो । त्यसैगरी हिसान तारकेश्वर  सचिव कमल ज्ञवाली तथा  हिसान तारकेश्वरका प्राज्ञिक सल्लाहकार एवं प्याब्सन केन्द्रीय सदस्य लोकेन्द्र  बहादुर खड्का लगायत हिसान तारकेश्वरका सल्लाहकार जुद्ध बहादुर पुनको पनि हिसान तारकेश्वरबाट उपस्थिति रहेको थियो ।

चैत्र ६ गते काठमाडौंमा, हिसान तारकेश्वरले गरेको गतिविधि र कार्यसम्पादनको मूल्याङकनको आधारमा हिसान बागमती प्रदेशले प्रशंसापत्रले हिसान तारकेश्वरलाई  सम्मान गरेको हो।बागमती प्रदेश अन्तर्गतका सबै पालिकाहरू मध्येबाट   विद्यार्थीसँग  योजनाबद्ध क्रियाकलापहरू र विभाग गठनको तहदेखि लिएर ,अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको हौसला प्रदान गर्दै, केन्द्रीकृत ढङ्गबाट परीक्षा सञ्चालन गर्ने र उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र हौसला प्रदान गर्न सकेको  यस्तै अनेकौँ मापदण्डका आधारमा, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपालको दोस्रो हिसान बागमती प्रदेश अधिवेशनको अवसरमा एक भव्य समारोहका बीच हिसान तारकेश्वरलाई यो प्रशंसनीय कार्यको लागि प्रशंसापत्रद्वारा मानसम्मानको अवसर अवसर मिलेको हो। उक्त सम्मानपत्र हिसान तारकेश्वरका अध्यक्ष लिल बहादुर पुनलाई प्रदान गरिएको थियो ।

दोश्रो हिसान बागमती प्रदेश अधिवेशनले राजकुमार आचार्यको अध्यक्षतामा २१ सदस्यहरुको नव निर्वाचित समिति गठन गरेको छ। नव निर्वाचित अध्यक्ष राजकुमार आचार्यले जिल्ला,केन्द्रका  सबै हिसान तहसँग  र  शिक्षा सरोकारवालाहरूसँग सहकार्य गर्दैअझ स्पिडमा काम गर्दै जाने विचार व्यक्त गर्नुभएको थियो।

banner

कार्यक्रममा विभिन्न हिसान सदस्य कलेजका प्रिन्सिपल ,भाइस प्रिन्सिपलहरू र विभिन्न शैक्षिक संघसंस्थाका पदाधिकारी पाहुनाहरू, विद्वान बुद्धिजीवी र शिक्षा सरोकारवाला व्यक्तित्वहरूको उपस्थितिले .,दोस्रो हिसान बागमती प्रदेशको अधिवेशन अँझै गरिमामय  भएको थियो। 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00