तारकेश्वर नगरपालिकामा ९ मा अवस्थित शुभकामना इङ्लिस बोर्डिङ स्कुलले४७ जना यूकेजी उत्तीर्ण विद्यार्थीहरूलाई ग्रेजुएसनको सम्मान तथा सर्टिफिकेट प्रदान गरेको छ ।
२०८२ वैशाख २७ गते आफ्नै प्राङ्गणमा सानासाना बालबालिकाहरूलाई हौसला प्रदान गर्दै , सम्पन्न गरिएको उक्त कार्यक्रममा स्कुलका प्रिन्सिपल कुमार ढकाल , डाइरेक्टर कृष्ण अधिकारी तथा स्कुल परिवारका सल्लाहकार मदन अधिकारी लगायत उच्च पदस्थ व्यक्तित्वहरूले बालबालिकालाई ग्रेजुएसनको सर्टिफिकेट प्रदान गरी सम्मान व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा स्कुलका प्रिन्सिपल कुमार ढकालले स्कुलका गतिविधिहरूमाथि प्रकाश पार्दै, उहाँले शुभकामना स्कुलले शिक्षामा उत्कृष्टता प्रदान गर्दै आएको प्रसङ्ग व्यक्त गर्दै , खेलकुदमा पनि आफ्नो स्कुलका विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार समेत जितिसकेको सन्दर्भ औल्याउनु भएको थियो। त्यसैगरी कार्यक्रममा म्यानेजिङ डाइरेक्टर कृष्ण अधिकारीले न्यूनतम शुल्कमा अधिकतम अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिरहेको शुभकामना स्कुलको विशेषतालाई जोड दिँदै , उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्नु समेत स्कुलको मूल उद्देश्य रहेको प्रष्ट पार्नुभएको थियो।


