प्रि स्कुलदेखि कक्षा ३ सम्मका विद्यार्थीका अभिभावकहरूको लागि तारकेश्वर नगरपालिकाको सृजना ज्ञानसागर माध्यमिक विद्यालयले नेपालटारमा एक समारोहका बीच अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
चैत्र १५ गते सम्पन्न उक्त कार्यक्रममा ,विद्यालयका प्रिन्सिपल राजेन्द्र प्रसाद फुयालले विद्यालयको नीति तथा वर्तमान कार्यक्रम र विद्यालयको भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।त्यसैगरी विद्यालयले स्वास्थ्य सेवा अन्तर्गत विद्यालयमा सञ्चालित विभिन्न गतिविधि तथा कार्यक्रम – २०८१ का बारेमा सलिना ढकालले प्रष्ट पार्नुभएको थियो।

आई .एस .ओ सर्टिफिकेट प्राप्त विद्यालयले अभिभावकलाईअभिमुखीकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण तथा कार्यशाला गोष्ठी कार्यक्रममा बालबालिका सम्बन्धी विविध क्षेत्रका विज्ञहरू बोलाएर, अभिभावकहरुलाई बालबालिकाको संरक्षण तथा वाल मनोविज्ञान बुझेर , असल वातावरणमा बालबालिकालाई कसरी हुर्काउन बढाउन सकिन्छ र उनीहरुलाई भोलिको राष्ट्रको जिम्मेवार व्यक्ति कसरी बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो। उक्त कार्यक्रममा प्रशिक्षक कृष्ण उचाइले वालवालिकाको खानपिन , पोषण र व्यायामको बारेमा प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी बाल मनोविज्ञान र उनीहरुको व्यवहारको विषयमा विजया विजुक्छेले आफ्नो विज्ञता प्रस्ट गर्दै, उहाँले वालवालिकाको मानसिक स्वास्थ्यको विषयमाअभिभावकले जान्नुपर्ने धारणासहितको प्रशिक्षण दिनुभएको थियो।

अर्कोतिर प्रशिक्षक सगुन ढुङ्गानाले मोबाइलका गेम, इन्टरनेट हेर्दैमा बालबालिका खराब हुँदैनन्। तर बालबालिकाले कस्ता विषय हेर्छन् त्यो कुरा बुझ्न अभिभावकले जरुरी छ भन्दै आफ्नो विचार प्रष्ट पार्नुभएको थियो
प्राडा केशव खड्काले आलोचनात्मक सोच राख्न जरुरी छ भन्दै उहाँले बालबालिकाको प्रश्न गर्ने बानीको विकास गर्नुपर्छ भन्नुभयो ,, उहाँले पढाइलाई खेलमा जोड्न सक्यो भने बच्चाहरु सृजनशील हुन सक्छन् भन्नुभएको थियो। उहाँले अबका १० वर्षपछि बालबालिकालाई किताब कापी , कलम नचाहिने बेला नेपालमा पनि आउँदैछ भन्नुभयो । उहाँले समय अनुकूल बालबालिकालाई चल्न दिनु र नैतिकवान बनाइराख्नु आजको अभिभावकको दायित्व हो भन्नुभयो। उहाँले इमान्दारिता,, आदर गर्ने बानी,, उत्तरदायित्वको भाव ,साहस ,विनम्र भाव, दया, सहकार्य र कृतज्ञता यी आठ बुँदाको बारेमा प्रष्ट पार्दै नैतिकताको परिधिभित्र रहँदा यी आठ बुँदा महत्वपूर्ण रहन्छन् भन्नुभएको थियो।

विद्यालय कोर्डिनेटर उद्धव फुयालले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रशिक्षकहरुलाई आफ्ना जिज्ञाशाहरु अभिभावक वर्गवाट पनि राखिएको थियो । अभिभावकहरूलाई थप जिम्मेवार बनाउन आचार संहिता पेपरमा दस्तखत गराइएको पनि देखिन्थ्यो। यसरी आफ्नो छुट्टै पहिचान बनाएको तारकेश्वर ४ मा अवस्थित सिर्जना ज्ञान सागर विद्यालयले बिहान ११ बजेदेखि ४ बजेसम्म उपयोगी अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
