Thursday, April 16, 2026

स्प्रिङ भ्याली एकेडेमीको आयोजनामा दीक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिका -२ मा रहेको स्प्रिङ भ्याली एकेडेमीको आयोजना , तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीको प्रमुख आतिथ्यता तथा स्कुलका सञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद आचार्यको सभाध्यक्षतामा दीक्षान्त तथा पुरस्कार वितरण समारोह सम्पन्न गरिएको छ ।

युकेजी र कक्षा ८ का ( आधारभूत तह परीक्षा ) उत्तीर्ण विद्यार्थाहरूको माझमा दीक्षान्त समारोह एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

उपस्थित प्रमुख अतिथि ,अतिथि गणको माझमा स्वागत मन्तव्य राख्दै ,स्कुलका भाइस प्रिन्सिपल मोहन पन्तले ,अभिभावकले विश्वास गरेर आफ्ना नानीबाबु सुम्पिएकोमा अभिभावकप्रति धन्यवाद व्यक्त गर्नुका साथै आफ्ना विद्यार्थीहरूलाई सुनौलो भविष्य दिने काममा स्कुल परिवार तत्पर रहेको विचार व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि सुदिनराज बुढाथोकीले स्कुल परिवारलाई शुभकामना मन्तव्य व्यक्त गर्दै ,उहाँले बजारका जंगफुड विद्यार्थीलाई खान नदिन अभिभावकमा अनुरोध गर्नुका साथै बालबालिकासँग विद्यालयमा हुने बोलीचाली तथा व्यवहार स्कुल र घर-परिवारमा एउटै हुनुपर्ने धारणा प्रष्ट पार्नुभएको थियो। प्रमुख अतिथि बुढाथोकीले अभिभावकको जिम्मेवारीतर्फ संकेत गर्दै, उहाँले प्रत्येक अभिभावकले विद्यार्थी भाइबहिनीहरूको पोषण ,स्वास्थ्य र मनोरञ्जनमा पनि ध्यान दिनको लागि सुझाव दिनुभएको थियो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै , तारकेश्वर नगर प्याप्सनका अध्यक्ष गोपाल बुढाथोकीले , बालबालिकाको सर्वाङ्गीन विकासमा उनीहरूको शीलस्वभाव निर्माण ,पढाइलेखाइ तथा जीवन उपयोगी सिपलाई सँगसँगै डोर्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। उहाँले स्प्रिड भ्याली एकेडेमीले बालबालिकाको सर्वाङ्गीन विकासमा ध्यान दिएको विचार व्यक्त गर्नुभएको थियो। स्प्रिङ भ्याली एकेडेमीका प्रिन्सिपल नवराज न्यौपानेले उपस्थित पाहुना तथा अभिभावकको माझमा आफ्नो विचार राख्दै, प्रिन्सिपल न्यौपानेले पढाइका साथै अतिरिक्त क्रियाकलापमा स्प्रिङ भ्याली एकेडेमीले उल्लेख्य उपलब्धि राखेको सन्देश व्यक्त गर्दै ,उहाँले यो वर्ष १७ वटा प्रतियोगितामा भाग लिएकोमा १४ वटा प्रतियोगितामा कुनै न कुनै पुरस्कार विद्यार्थीले जित्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको थियो। उहाँले स्प्रिङ भ्यालीको बिल्डिङ सानो भएपनि ज्ञान र अतिरिक्त क्रियाकलापको क्षेत्रमा ठूलो उपलब्धि लिन सफल भएको विद्यालयको रुपमा दाबी गर्नुभएको थियो।

banner

चैत्र २० गते शुक्रबार सम्पन्न उक्त कार्यक्रममा, आफ्नो मन्तव्य राख्दै विद्यालय सञ्चालक समितिका सदस्य विश्वमणि अधिकारीले स्प्रिङ भ्यालीबाट उत्तीर्ण विद्यार्थीले युनिग्लोव कलेजमा५ हजार विद्यार्थीको माझमा टप फाइभमा परेर पूर्ण स्कलरशिपमा पढिरहेको सन्देश दिनुभएको थियो।

स्प्रिड भ्याली एकेडेमीकी शिक्षिका लक्ष्मी बोहराले कार्यक्रमको सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सभाध्यक्षको रुपमा सभा विसर्जन गर्दै, विष्णुप्रसाद आचार्यलेआफ्नो मन्तव्यमा, उपस्थित प्रमुख अतिथि ,अतिथिगण ,अभिभावक – विद्यार्थी ,समाजसेवी, स्कुल परिवारका सम्पूर्ण शिक्षक कर्मचारीलगायत, उपस्थित शुभचिन्तकहरुमा विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो।

गत शुक्रबार दिनभर चलेको उक्त कार्यक्रममा प्रि- स्कुलका ५१ जना साना विद्यार्थी भाइबहिनीहरू र कक्षा आठका २६ जना विद्यार्थीहरू बेसिक लेभल परीक्षा उत्तीर्णको दीक्षान्त समारोहमा , उपस्थित अतिथिगण, स्कुल सञ्चालक समितिका अध्यक्ष तथा उक्त समारोहका सभाध्यक्ष विष्णुप्रसाद आचार्य एवम् स्कुल -प्रिन्सिपललगायत विशिष्ट पाहुनाहरूबाट दीक्षित भएका शब्दसहितको सर्टिफिकेट तथा मेडल प्राप्त गरेका थिए।

सोही दिनमा , अर्को सुन्दर पक्ष भनेको स्प्रिडभ्याली एकेडेमीले विद्यार्थीको सृजनशीलतालाई समेट्दै तयार पारिएको प्रतिविम्व स्कुल म्यागजिन -२०८२ को प्रमुख अतिथि सुदिनराज बुढाथोकी लगायत अतिथिगणबाट विमोचन गरिएको थियो।

उक्त अवसरमा , नर्सरीदेखि – २ कक्षासम्मका विद्यार्थी भाइबहिनीहरूलाई आन्तरिक खेलकुद प्रतियोगितामा पुरस्कृत भएकोमा पुरस्कार समेत वितरण गरिएको थियो। विशेष अतिथिहरूको हातबाट पुरस्कार वितरण गरिएको उक्त कार्यक्रममा सयौं विद्यार्थीहरू खेलकुद प्रतियोगिता तथा शैक्षिकलगायत ,अनुशासन ,सरसफाई, ह्यान्ड राइटिङमा विजयी भएकोमा पुरस्कृत गरिए । पुरस्कारमा विद्यार्थीहरूले मेडल तथा सर्टिफिकेट प्राप्त गरेका थिए।

बालबालिकाहरूले अब्बल सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न सफल भएका थिए। उनीहरूले नेपालका मौलिक भेषभूषा र भाषा संस्कृतिको गौरव बोकेका नृत्य , गीत-संगीत तथा चेतनामूलक नाटक प्रस्तुत गरेर अभिभावकको माझमा आफ्नो प्रतिभा देखाएका थिए।

यो उत्सवमय कार्यक्रममा अभिभावक समितिका अध्यक्ष गौतम बुद्ध श्रेष्ठ , तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष अवसर पौडेल,स्प्रिङ भ्याली एकेडेमीका स्कुल कोअर्डिनेटर भीष्म तिवारीलगायत समाजसेवी ,विभिन्न टोल सुधार समितिका पदाधिकारीहरू,अभिभावक – विद्यार्थीहरूको बाक्लो उपस्थितिले कार्यक्रमको गरिमा अझ बढाएको थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00