Thursday, April 16, 2026

आयोजक काठमाडौँ प्याब्सन बन्यो विजेता प्याब्सन लुम्बिनीलाई उपविजेताको ट्रफीको प्राप्ति

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँ जिल्ला प्याब्सनको आयोजनामा माघ २८ गतेदेखि सुरु भएको क्रिकेट लिग यु -१५ तल्लो मूलपानी क्रिकेट मैदानमा भएको फाइनल स्पर्धामा आयोजक काठमाडौँ ( क्यापिटल्स ) र प्याब्सन लुम्बिनी ( मोङ्स )बीच प्रतिस्पर्धा भई काठमाडौँ प्याब्सन आयोजक (क्यापिटल्स )ले प्याब्सन लुम्बिनी (मोङ्सलाई ) ३३ रनले पराजित गरेको छ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त क्रिकेट लिगको समापन तथा पुरस्कार वितरण कार्यक्रम प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको हातबाट ट्रफी तथा पुरस्कार वितरण गरी, एक भव्य समारोहका बीच खेलाडी र आयोजकलाई हौसला प्रदान गर्दै समापन गरिएको हो। खेलकुद विकाशमा योगदान दिएका आयोजकसहित प्याबसन परिवार सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो मन्तव्यमा , उहाँले नेपालीले नसुनेको क्रिकेट नेपालीका वीचमा पहिचान बनाउँदै अन्तराष्ट्रिय रूपमा नेपाल चिनाउने माध्यम भएको छ भनुभयो। मन्तव्य दिने क्रममा प्रमुख अतिथि कार्कीले खेलकुद र खेलाडीलाई सम्मान गर्दै मुलुकको हितमा काम गर्नु पर्ने प्याब्सन परिवारतर्फ संकेत गर्नुभयो । उहाँले आफ्नो मन्तव्यमा प्याब्सनले खेल र शिक्षालाईसँगै लग्नेकाम गरेकोमा प्रशंसा गर्नुभएको थियो।

उक्त कार्यक्रममा ,काठमाडौँ जिल्ला प्याब्सनका उपाध्यक्ष तथा इसिए प्रमुख धन बहादर पुनले स्वागत मन्तव्य व्यक्त गर्दै , उहाँले हाम्रो गाउँ घरमा लुकेको खेलाडी /प्रतिभालाई पहिचान र प्रोत्साहन गर्न सकिने भन्दै यो प्रतियोगिताको औचित्य प्रष्ट पार्नुभएको थियो ।

काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टले आफ्नो मन्तव्य राख्दै , उहाँले शिक्षामा जस्तै खेलमा पनि प्याब्सनले राष्ट्रिय योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आपनो मन्तव्यमा क्रिकेट लिग यु-१५ड्रीम टोली निर्माणको लागि ग्रासरुटबाटै अगाडि बढाउने उद्देश्य अनुरूप यो प्रतियोगिता सुरु गरिएको सन्दर्भ उल्लेख गर्दै, उहाँले आगामी वर्ष जनवरीमै क्रिकेट लिग पूरा गरिने घोषणा गर्नुभएको थियो ।

banner

यही अवसरमा क्रिकेट खेलाडी शक्ति गौचनलाई उहाँले क्रिकेट खेलकुदमा पुऱ्याएको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको थियो।

प्याब्सन केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले मन्तव्य व्यक्त गर्दै, उहाँले आँट गर्न नसक्ने कार्यक्रम सम्पन्न गरेकोमा आयोजक काठमाडौँ जिल्ला प्याब्सनका पदाधिकारीहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रम सम्पन्न गर्न आर्थिक सपोर्ट गर्ने प्रायोजकहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

खेलको दौरानमा व्यक्तिगत उत्कृष्टता हासिल गरेका खेलाडीहरू पनि पुरस्कृत भएका थिए।फाइनल खेलको ‘प्लेयर अफ द फाइनल’ सन्दीप साउद घोषित हुँदा नगद रु २,५०० प्राप्त गरे। उनले प्रतियोगिताभर १७० रन बनाउँदै ‘प्लेयर अफ द टुर्नामेन्ट’ उपाधि हात पारे र नगद रु १०,००० समेत प्राप्त गरे। प्याब्सन मधेशका खिलराज सराफ ११ विकेटसहित ‘बेस्ट बलर’ घोषित भई नगद रु ५,००० ले पुरस्कृत हुन सफल भए भने प्याब्सन बागमतीका विशाल ऐर १९२ रनसहित ‘बेस्ट ब्याट्सम्यान’ बनेर नगद रु ५,००० ले पुरस्कृत भए।
विजेता टिमका खेलाडीले नगद १ लाख ५० हजार, ट्रफी ,मेडल, प्रमाणपत्र प्राप्त गरेका थिए भने उपविजेता टिमका खेलाडीले नगद ७५ हजारसहित ट्रफी, मेडल ,तथा प्रमाणपत्र हात पार्न सफल भएका थिए ।

फागुन ६ गतेको उक्त समापन तथा पुरस्कार वितरण कार्यक्रममा, काठमाडौँ प्याब्सन र लुम्बिनी प्याब्सनबीच फाइनल प्रतिस्पर्धात्मक खेलको रौनक यसरी अगाडि बढेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको प्याब्सन काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनायो। सन्दीप साउदले ६१ बलमा उत्कृष्ट ६५ रन बनाउँदै टिमलाई बलियो अवस्थामा पुर्‍याएका थिए । तपेन्द्र बिष्टले १९ रन तथा शंश्रेय श्रेष्ठले १२ रन जोडेका थिए ।
लुम्बिनीका रिजन बुढाथोकी (४–०–१७–२) र जावेद खान (४–०–१९–२) ले प्रभावशाली बलिङ गरे भने प्रेम गुप्ता र साहन अलीले १/१ विकेट लिने खेलाडी बने।

१२८ रनको लक्ष्य पछ्याएको प्याब्सन लुम्बिनी निर्धारित ओभरमा लक्ष्य समेट्न सकेन । एरोन जंग गिरीले ३९ रन तथा अमित कुमार यादवले २० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
काठमाडौंका प्रयुष उप्रेतीले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिँदै खेल जिताउने प्रदर्शन गरे। इन्साब बोहोरा र जीवन बुढाले २/२ विकेट लिएका थिए।
फाइनलका उत्कृष्ट खेलाडी सन्दीप साउद घोषित बन्न सफलभए। उनले ६५ रन बनाउनुका साथै विकेट किपिङमा महत्वपूर्ण रनआउट र क्याच गर्दै टिमको जितमा निर्णायक भूमिका खेलेका थिए।

आयोजकको तर्फबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू उत्पादन गर्नलाई ग्रास रुटबाटै खेलाडीहरू तयार गर्ने र विद्यार्थीहरूलाई विद्यालय स्तरबाटै क्रिकेट खेलमा रुचि जगाउँदै सातै प्रदेशबाट छनोट भएको ड्रिम टिमबाट सशक्त क्रिकेट खेलाडीहरूले भविष्यमा नेपाल र नेपालीलाईअन्तर्राष्ट्रिय पहिचान समेत क्रिकेटको माध्यमबाट दिलाउन सक्ने अपेक्षा राखिएको छ।
काठमाडौँ जिल्ला प्याब्सनले यो साहस यसपालिदेखि ७ प्रदेशका सात टिम र आयोजकको तर्फबाट एउटा टिम छनोट गरी आठ टिमका बीचमा भव्य प्रतियोगिता गरेको थियो।

प्याब्सनका केन्द्रदेखि नगरसम्मका पदाधिकारीहरूको उपस्थिति रहेकोयो क्रिकेट लिग छात्र यु- १५प्रतिस्पर्धाको समापन कार्यक्रममा क्रिकेट खेलका प्रशिक्षक ,शिक्षक ,विद्यार्थी ,खेलप्रेमीहरुको सहभागिता रहेको थियो । मार्चपास, गीत -संगीतका र नृत्यका रमाइला कार्यक्रमबाट उपस्थित अतिथिहरुलाई मनोरंजन प्रदान गरिएको थियो ।

समग्र कार्यक्रमको टुर्नामेन्ट डाइरेक्टर तथा एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापा रहेको उक्त प्रतियोगिताको।कार्यक्रम सञ्चालन काठमाडौँ प्याव्सन सचिव कृष्ण भण्डारीले आकर्षक ढङ्गले गर्नुभएको थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00