शाली नदीमा पुष २९देखि श्रीस्वस्थानी ब्रतकथा सुरु भएको छ । श्रद्धालुहरुले बिहानैदेखि पूजाआजा सुरु गर्दै , यो एक महिनामा लाखौँ श्रद्धालु स्नान गरी स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्ने प्रचलनका साथै रातभर जाग्राम बसेर महिना दिनसम्म अखण्ड पूजा, स्वस्थानी परमेश्वरीको कथा सुन्ने सुनाउने , पाठ गर्नेखाले भक्तजन पनि बर्षेनी आउने गरेको त्याहाँका स्थानीय जनसमुदायले जनाएका छन् । यो व्रत कथाको अवधिमा एक महिनामा आन्तरिक व्यवसायमा संलग्न व्यवसायीको विगतका वर्षहरुमा जस्तै व्यवसायमा वृद्धि हुने अपेक्षा गरिएको व्यवसायीहरुले बताएका छन् ।
स्वस्थानी ब्रतकथा अनुसार यसरी शुद्ध तनमनले एकाग्र बनी गरेको व्रतको प्रभावले आफूले गरेको पाप नष्ट भई मनोकाङ्क्षा पूर्ण हुने गरेको कथा स्वस्थानीको पुस्तकमा नेपाली समाजमा प्रसिद्ध रहेको छ । आज माघ ७ गतेसम्म आइपुग्दा टाढा-टाढाबाट आउने भक्तजनहरूले शालीनदीमा भिड बढेर खुट्टा टेक्ने समेत ठाउँ नभएको जनाएका छन् र उक्त क्षेत्रमा खानाखाजाको मुल्य अधिक बढाइएता पनि स्थानीय सरकारले खासै चासो नदेखाएको श्रद्धालुहरूको गुनासो छ