संयुक्त जनआन्दोलन समितिको संयोजक नवराज सुवेदी र व्यवसायी दुर्गा प्रसाईले छुट्टाछुट्टै राजासँग भेट गरेका छन्। राजावादी जनता र गणतन्त्रवादी जनता बीचमा आज आफ्ना -आपनाआमसभामा सहभागी हुने तयारी भइरहेको छ।राजावादीको तर्फबाट जनकमान्डर दुर्गा प्रसाई रहनेछन् राप्रपाको पनि राजावादीतिर संलग्नता रहने जनाइएको छ।
गणतन्त्रवादीहरूको आमसभा भृकुटी मण्डपमा हुनेछ भने राजावादीहरूको आमसभा तीनकुनेमा तोकिएको छ। आजको यो आन्दोलनले शान्ति सुरक्षा कायम गर्न नेपाल सरकारलाई चुनौती हुन सक्ने आँकलन गरिएको छ।